
करिव तीन दर्जन विचौलियालाई इटहरी प्रहरीले यातायात व्यवस्था कार्यालयमा रहेर सेवाग्राहीलाई दुःख दिएको भन्दै अबदेखि दुःख नदिन चेतावनी दिएको छ । यदि दुःख दिएको पाइए ठगी कसुर अन्र्तगत कारवाही गर्ने चेतावनी पनि प्रहरीको छ ।
सेव्रा प्रदायक र सेवाग्राहीको एजेन्टका रुपमा भुमिका निर्वाह गर्ने उनिहरुले टाढा–टाढाबाट आएका सोझा व्यक्तिलाई रकम असुल्ने गरेको पाइएको प्रहरीले बताएको छ ।
पहिलो चरणमा सम्झाउने र सम्झाउँदा पनि सेवाग्राहीलाई दुःख दिने गरेको पाइए ठगी कसुर अन्तर्गत कारवाही चलाउने तयारी गरिएको इलाका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
यातायात कार्यालयमा हुने आर्थिक अनियमिततामा कर्मचारीलाई सघाउन जिम्मेवार भुमिका खेल्ने गरेको आरोप लाग्ने विचौलियालाई निरुत्साहित गर्न र पेशा परिवर्तन गरि सम्मानपुर्वक जीवन व्यतित गर्न वातावरण तय गर्न लागिएको प्रहरीले बताएको छ ।
यता विचौलियाको भुमिका निर्वाह गर्ने व्यक्तिहरुले भने कानुन अनुसार लेखापढी गरेर गरी खान पाउने पेशागत हक भएता पनि केही व्यक्तिको खराव नियतले आफ्नो पेशा बद्नाम भएको बताएका छन् । उनिहरुले कुनै खराव नियत राखेर गैरकानुनी काम नगर्ने बताएका छन् ।