
सुचना र प्रबिधिको बिकास संगै सामाजिक सञ्जालमा भिडियो सामाग्रिहरुको बितरण पनि पछिल्लो समय ब्यबशायिक हुदै गइरहेको छ ।युट्युव लगायतका भिडियो सामाग्रि प्रसारण गर्ने साइटहरुको लागि गित र फिल्मको अधिकारको ब्यबशायिक हस्तान्तरण पनि हुदै आइ रहेका छन ।
तर पछिल्लो समय चलेका फिल्महरु पाइरेसि भयर सार्बजनिक भइ दिदा त्यस्तो अधिकार खरीद गर्ने कम्पनीले ठुलै आर्थिक नोक्सानी ब्यहोर्नु पर्ने अबस्था सृजना भइरहेको छ ।हाम्रो फिल्म इन्डष्ट्रीमा ब्यबशायिक रुपमा चलेका फिल्महरु कबड्डी कबड्डी,पशुपति प्रसाद,ड्रीम्स,प्रेम गित लगायत फिल्म समेत प्रदर्शन भएको केही दिनमै पाइरेसि हुदा त्यसको मारमा डिजिटल राइट लिने कम्पनीलाइ हुने गरेको छ ।
कबड्डी कबड्डी,पशुपति प्रसाद,ड्रिम्स लगायत फिल्महरुको डिजिटल राइट लिएको कम्पनी हाइलाइट नेपालका प्रबन्ध निर्देशक ओम गुरुङले पाइरेसिले फिल्मको डिजिटल राइट मात्र नभयर फिल्म इन्डष्ट्रीलाइ नै खतरामा पारेकोले सम्बन्धी निकायले चासो नदेखाएकोमा दुखेसो गरेका छन ।
यसरी पाइरेसि भएका फिल्महरु मध्य केही फिल्म हार्डडिक्समा बिदेशमा देखाउन लगेको फिल्महरु ड्राइभबाट लिक भयर पेन ड्राइभ हरु मार्फत भाइरल भइरहेका छन ।पशुपति प्रसाद फिल्म त सेन्सर गर्नको लागि दिएको सेन्सर बोर्डको कपिनै बजारमा आएको अनुमान छ ।
यसरी फिल्मलाइ नियमन गर्नको लागि सरकारले बनाएको सञ्चार मन्त्रालय अन्तरगतको सेन्सर बोर्डकै पदाधिकारी गैर जिम्बेवार हुदा सेन्सर बोर्डको वाटर मार्क सहीतको फिल्म अहीले पेन ड्राइभ टु पेन ड्राइभ कपि भइरहेका छन ।झाँक्री नै बोक्सी भएपछि त्यसको उपचार कस्ले गर्ने ।
बिचरा फिल्मको निर्माण पक्ष चाही फिल्मको बिदेशको बाँकी रहेको प्रदर्शन बाट उठ्न सक्ने सम्भाबित आम्दानी पनि गुम्ने डरले भएको पाइरेसिलाइ पनि नभएको झै गरी कोही चुप चाप बसि रहेका छन त कोही ले चाही भएकै छैन समेत भन्न भ्याएका छन ।
फिल्म ड्रीम्सको बिदेशको प्रदर्शन भ्यायर आएका फिल्मका निर्माता एबं निर्देशक भुबन केसिले यस बिरुद्ध उजुरी पनि हालेका छन ।भने अर्का प्रेमगितका निर्माता सन्तोष सेनले प्रहरीको सहयोग र आफ्नै सक्र्यतामा साइबर बाट त्यस्ता क्राइम गर्ने ब्यक्तीलाइ पक्राउ गरेको भए पनि उनि पनि अहीले चुपचाप बसि रहेका छन ।
यसरी चलेका फिल्म केही दिन पनि हुन नपाउदै सार्बजनिक हुनु त्यसमा पनि अझ सेन्सर गर्न दिएको कपिनै सेन्सर बोर्ड बाट लिक हुनु फिल्म इन्डष्ट्रीको बिकास र बिस्तारको लागि नेतृत्व गरेर बसेका हरुको लागि लाज मर्दोकुरा हो त्यसैले यस बिषयमा सबै सम्बन्धीत निकाय गम्भीर हुन जरुरी भइ सकेको छ ।