१७ जेष्ठ २०७३, सोमबार

मेक्सिकोका एक फुटबलर अपहरणमा परेका छन् । ग्रिसको ओलम्पिकोसबाट खेल्दै आएका स्ट्राइकर एलन पोलिडो अपहरणमा परेका हुन् ।

२५ वर्षका पोलिडोले मेक्सिकाकोको राष्ट्रिय टिमबाट पनि खेल्ने गरेका छन् । उनी आइतबार पार्टीबाट निस्किएर घर नजिक पुगेका बेला स्युदाद भिक्टोरियाबाट अपहरणमा परेका हुन् ।

मेक्सिकोमा अपहरणका घटना धेरै हुने गरेका छन् । सरकारी तथ्यांक अनुसार एक वर्षमा एक हजार भन्दा धेरै मानिसको अपहरण हुने गरेको छ । तर अरुले भने अपहरणमा पर्नेको संख्या यो भन्दा दश गुणा बढी रहेको बताउने गरेका छन् ।

पोलिडो प्रेमिकासँग एक पार्टीबाट घर फर्किएका बेला उनको कारलाई अपहरणकारीले घराहालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुहारमा माक्स लगाएका ६ जनाले स्ट्राइकर पोलिडोलाई लगेको र उनकी प्रेमिकालाई भने छोडेको खबरमा उल्लेख छ । पोलिडोको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

LIVE TV