१७ जेष्ठ २०७३, सोमबार

download (1)चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत भरतपुर र रत्ननगरबीच रहेको टिकौली जङ्गलमा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जनाकारीअनुसार नारायणगढबाट पूर्वतर्फ जाँदै गरेको ना२५प ६१८ नम्बरको पल्सर मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना२ख ५७०७ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–३ का ५० वर्षीय शिवहरि कार्की र सोही मोटरसाइकलमा सवार सोही नगरपालिकाको वडा नं ५ का २२ वर्षीय गोविन्द खत्री घाइते हुनुभएको छ ।

दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । चालक फरार छन् भने ट्रकलाई नियन्त्रणमा लिइएकोे छ ।

LIVE TV