१७ जेष्ठ २०७३, सोमबार

nnव्यवस्थापिका–संसद्को दोस्रोपटक बसेको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण पुनः स्थगित भएको छ ।

आधा घन्टाका लागि स्थगित भएको सदनको बैठक दोस्रोपटक सुरु भएपछि सभामुख ओनसरी घर्तीले नेपाली काँग्रेसका नेता रमेश लेखकलाई बोल्न दिए ।उनले बजेटका महत्वपूर्ण जानकारी पत्रपत्रिकामा पुगेका कारण सेयर बजारमा असर परेको भन्दै सो विषय गम्भीर अपराध भएको बताए ।

व्यवस्थापिका–संसद्को क्षेत्राधिकारको विषय रहेको बजेटअगावै बाहिरिनु संसदीय मर्यादा र गरिमा विपरीतको विषय रहेको भन्दै उहाँले तथ्य र तथ्याङ्क बाहिर जानु न्यूनतम् मर्यादा विपरीतको विषय रहेको उल्लेख गरे ।

यसअघि बजेट चुहिएको विषयमा सदनले नै सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा छानबिन समिति गठन भएको उल्लेख गर्दै उनले भने “बजेटको सूचना बाहिर जानु गम्भीर विषय भएको प्रतिवेदन उक्त समितिले दिएकाले सो आधारमा पनि सरकारले प्रस्तुत गरेको व्यवहार पनि गलत छ । यसलाई तत्काल सच्याउनु जरुरी छ ।”

सांसद लेखकले बजेट बाहिर गएको विषयमा छानबिन नहुँदासम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने जानकारी गराउनुभएपछि काँग्रेसका सबै सांसद आशनबाट उठए ।काँग्रेसको विरोधपछि व्यवस्थापिका–संसद्को अर्को बैठक १३ः३० बजे बस्ने गरी सभामुख घर्तीले स्थगित गरे ।

LIVE TV