१७ जेष्ठ २०७३, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७३–७४ को बजेटमाथि आजबाट संसदमा छलफल सुरु हुने भएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने दलका सांसदहरुले बजेटमाथि आफ्नो धारण राख्न लागेका हुन् । १९ गतेसम्म सांसदहरुले बजेटका विषयमा राखेका विभिन्न प्रश्नहरुको अर्थमन्त्री विष्णु पौडेलले उत्तर दिनुहुनेछ । सरकारले प्रस्तुत गरेको बजेटको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को आलोचना गरेको छ । पूँजीगत खर्च हुने सम्भावना नभएकाले बजेटले वित्तीय खतरा ल्याउने कांग्रेसको भनाइ छ । उसले बजेट ठूलो भएको र कार्यान्वयन गर्न नसकिने भन्दै आलोचना गर्दै आएको छ भने सरकारपक्षीय दलले त्यसको बचाउँ गरेका छन् ।

samsad
सरकारमा सहभागी रहेको दल माओवादी केन्द्रले भने आफ्ना मागहरु बजेटमा नसमेटिएको भन्दै आलोचनात्मक समर्थन गर्ने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट सार्वजनिक गर्नुभएको थियो ।

LIVE TV