१७ जेष्ठ २०७३, सोमबार

DSC05113जुम्ला। एकसाता अघि परेको चट्याङका कारण सिंजा क्षेत्र सञ्चारबाट विच्छेद भएको छ ।

कुडारीको गाविस लेकमा राखिएको माईथाप्ला रिपिटर टावरमा चट्याङ पर्दा त्यहाँको सोलार प्यानल जलेको थियो । सोलार प्यानलसहित टावरका अन्य मेसिनरी सामग्रीमा असर पर्न गएपछि सिंजा क्षेत्र सञ्चारबाट विच्छेद भएको नेपाल टेलिकम जुम्लाका निमित्त कार्यालय प्रमुख चित्रबहादुर शाहीले जानकारी दिनुभयो ।

सञ्चार विच्छेदमा कालिकाखेतु, महावैपाथरखोला, बड्की, शनिगाउँ, नराकोट, धापा, पाण्डवगुफा, विराट, कनकासुन्दरी, मालिकावोता गाविस परेका छन् । सञ्चार सेवाबाट २६ हजार नागरिक वञ्चित भएका छन् । हामीले जिएसएम सेवाका लागि पनि नेपाल टेलिकम जुम्लालाई भनेका थियौँ, नमस्ते, स्काइ दुवै सेवा लिने भनेको त स्काइ सेवा पनि अवरुद्ध भयो, स्थानीय खम्बा शाहीले भन्नुभयो ।

थ्रिजी सेवा सञ्चालन गर्ने टेलिकमले जनाए पनि त्यसबाट टाढै रहेको उहाँको दुखेसो छ । यता निमित्त कार्यालय प्रमुख शाहीले चट्याङबाट क्षति भएको सामग्री निर्माण गरिसकेको बताउनुभयो । मौसम सफा भई घाम लागेपछि सञ्चार सेवा सञ्चालन हुने उहाँको भनाइ छ ।

LIVE TV