१७ जेष्ठ २०७३, सोमबार

JE-vacecin-545x330बैतडी। बैतडीका ८० हजार बालबालिकालाई जापनीज इन्सेफलाइटिसविरुद्धको खोप दिइएको छ ।

वैशाख २६ गतेबाट सुरु भएको खोप अभियान दुई चरणमा सञ्चालन गरेर सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप अधिकृत वीरेन्द्र भट्टले बताउनुभयो ।

जापनीज इन्सेफलाइटिसविरुद्धको खोप जिल्लाका एक वर्षदेखि १५ वर्षमुनिका ७२ हजार बालबालिकालाई लगाउने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा बढीले खोप लगाएका छन् ।
पहिलो चरणमा दुई नगरपालिका र २४ गाविसमा अभियान सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा बाँकी रहेका ३२ गाविसमा खोप अभियान सञ्चालन गरिएको थियो ।

जापनीज इन्सेफलाइटिसविरुद्धको खोप अभियानमा ४०० स्वास्थ्यकर्मी र ८३१ महिला स्वास्थ्य स्वयम्सेविका खटिएका थिए । पहाडी जिल्लामा पनि लामखुट्टेको जीवन सहज हुन थालेपछि जापनीज इन्सेफलाइटिसबाट बच्नका लागि बैतडीमा पहिलो पटक यो खोप अभियान सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV