१७ जेष्ठ २०७३, सोमबार

Captureनवलपरासी । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषा घर्तीमगरको हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै नवलपरासीमा प्रदर्शन गरिएको छ ।

मनिषाको हत्या गर्ने दोषीलाई कारबाहीको माग गर्दै मनिषाका आफन्त, शुभचिन्तक र स्थानीयले आइतबार सदरमुकाम परासीमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले दोषी पत्ता लगाई हदैसम्मको कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
मनिषाको शवको परीक्षण रिपोर्ट अझै लिखितरुपमा जिल्लामा नआएका हुँदा घटनाको प्रष्ट जानकारी हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको प्रकृतिले घटनाको वास्तविकता पत्ता लगाउन अझै दुई साता लाग्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

LIVE TV