१६ जेष्ठ २०७३, आईतवार

वीरगञ्जबाट अपरहणमा परेका उद्योगपति सुरेश केडियालाई अपरहणकारीहरुले एक सय करोड रुपैयाँ फिरौती मागेको खुलासा भएको छ । भारतीय हिन्दी साइट न्युज २४ ले यो खुलासा गरेको हो । या समाचार शनिवार प्रकाशित भएको छ । बिहारको सीमाबाट अपरहणकारीहरु घुसेको दावीगर्दै उसले लेखेको छ, ‘नेपालका प्रतिष्ठित व्यापारी केडियासँग अपरहणकारीहरुले एकसय करोड रुपैयाँ फिरौती मागेका छन् ।’cats

 

 

 

 

 

 

 

 

 

 

 

नेपाल र विहारको प्रहरी संयन्त्रले अपहरणमा परेका केडिया र अपरहणकारीहरु भारतको मोतिहारी र वेतिया क्षेत्रमा हुनसक्ने आशंका गरेको जनाइएको छ ।अपहरणको घटना लगत्तै नेपाल र बिहार प्रहरी संयुक्त संयन्त्रले वीरगञ्ज–मोतिहारी र बेतिया सर्च अभियान चलाइरहेको जनाउँदै अपरहणकारीहरुले केडियासँग त्यति धेरै रकम मागिरहेको भन्दै न्युज २४ ले समाचार लेखेको छ ।
व्यापारी केडिया केडिया अर्गनाइजेसनका प्रमुख र नेपालका प्रतिस्ठित व्यापारी हुन् । उनलाई बिहीबार अपहरणकारीहरुले वीरगञ्जबाट अपहरण गरेका थिए । आफ्नो नीजि मोटरमा रहेका केडियाका चालक भने अपरहणकारीको आक्रमणबाट घाइते भएका थिए ।केडिया जेठ १३ मा अपहरणमा परेका थिए । उनका चालकलाई गोली हानी अपहरणकारीले केडियालाई लिएर गएका थिए । तीन दिन वित्दा पनि उनको अबस्था अज्ञात छ ।

LIVE TV