सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ को बजेटमा विभिन्न क्षेत्रका लागि नारासहितका कार्यक्रम सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा ऊर्जा, कृषि, स्वास्थ्य, शिक्षा वातावरणसहितका क्षेत्रमा कम्तीमा एकएकवटा आकर्षक नारासहितका कार्यक्रम सार्वजनिक गरेको छ ।
नारासहितको कार्यक्रमले बजेटलाई पपुलिस्ट बनाउन सहयोग गरेको छ । यही नाराबाट सरकारले आफ्नो कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्य पनि राखेको छ ।
- बजेटमा समावेश नारा
- मेरो धरहरा मै बनाउँछु
- घरघरमा बिजुली, जनजनसमा सेयर
- काबुलियत वन गरिबको धन
- एक सहर एक पहिचान
- एक प्रदेश एक प्राणी उद्यान
- स्वर्ण सगरमाथा बृहत् चक्रपथ
- आफ्नो गाउँ आफैँ बनाऔं
- स्वच्छ प्रशासन : स्वच्छ व्यवसाय
- आफ्नो घर आफैं सजाऔं
- एक गाउँ एक डाक्टर
- आफ्नो नगर आफैं सजाऔं
- शिक्षाको लागि उज्यालो कार्यक्रम