१५ जेष्ठ २०७३, शनिबार

व्यवस्थापिका–संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७३÷७४ को बजेटमा सरकारी कर्मचारीको विद्यमान तलबमानमा २५ प्रतिशत वृद्धिको व्यवस्था गरिएको छ । गत वर्ष वृद्धि हुन नसकेको तलब यसपटकको बजेटमा वृद्धि भएको हो ।

कर्मचारीको तलव वृद्धिसंगै महंगी पनि वृद्धि हुन भय पनि व्याप्त भएको छ । यसैगरी बजेटमा सामाजिक सुरक्षा भत्तालाई दोब्बर गरिएको छ । एकल महिला, वृद्ध र अल्पसख्यकलाई सो भत्ता प्रदान गरिँदै आएको थियो । आफ्नो गाउँ आफँै बनाउँ कार्यक्रमको बजेट पनि दोब्बर बनाइएको छ ।

त्यस्तै, पत्रकारलाई उपचारमा लाग्ने उपचार खर्चमा सरकारी अस्पतालमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । नयाँ आर्थिक वर्षदेखि एकजना सांसदलाई साढे ३ करोड रुपैयाँ बराबरको बजेट दिने भएको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषमा ३ करोड रुपैयाँ र सांसद विकास कोषलाई ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सांसदहरुले घरभाडा बापत पाउँदै आएको सरकारी रकम बढाएको छ । सांसदहरुको तलब र सुविधा थप गर्दा विरोध हुने देखिएपछि चोरबाटोबाट घरभाडा सुविधा बढाइएको हो । सांसदहरुलाई सोझै बजेट दिँदा त्यसको दुरुपयोग भएको भन्दै कतिपयले नै खारेजीको माग गरिरहेका बेला सरकारले बजेट बढाएको हो ।

 

LIVE TV