१५ जेष्ठ २०७३, शनिबार

सरकारले आगामी आर्थिक वर्ष ०७३ ०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँले बढी हो । आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा २ खर्ब २९ अर्ब ४४ करोड रूपैयाँले बढी हो । चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब रूपैयाँ बजेट छुट्याएको छ ।

चालु आवमा यस्तो बजेट २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट थियो । आर्थिक वर्ष वित्न डेढ महिना बाँकी हुँदा विकासका लागि जम्मा ४७ अर्ब रुपैयाा मात्रै खर्च भएको छ ।

असार मसान्तसम्ममा पुँजीगत तर्फ १ खर्ब ६९ अर्ब अर्थात ७६ प्रतिशत खर्च हुने संसोधित अनुमान रहेको अर्थमन्त्रीले बताएका छन् । त्यसैगरी, सारधारणतर्पm ६ खर्ब १७ अर्ब १६ करोड रूपैयाँ बजेट बिनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् । चालु आवमा यस्तो शिर्षकमा चालू आवमा यो ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार विनियोजन गरिएको थियो ।

साधारणतर्फको यो बजेट असार मसान्तसम्ममा ८६ प्रतिशत खर्च हुने अर्थमन्त्रीले बताएका छन् । त्यसैगरी वित्तीय व्यवस्था तर्फ आगामी आर्थिक वर्षका लागि सरकारले १ खर्ब १९ अर्ब ३१ करोड रूपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्रीले जानकारी दिए ।

चालु आवमा यस्तो बजेट १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको थियो । केही नयाँ कार्यक्रम र केही पुरानो कार्यक्रमलाई निरन्तरता दिएर सरकारले बजेट ल्याएको हो ।

 

LIVE TV