१५ जेष्ठ २०७३, शनिबार

nepse

यस साता नेपाल स्टक एक्सचेन्जमा १४७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २८८८० कारोबारबाट सात अर्ब १४ करोड ९४ लाख ९४ हजार रुपैयाँ बराबरका एक करोड ४६ लाख ७० हजार तिन सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ६६.७५ प्रतिशत बढि हो । गत साता १५३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २०५४५ कारोबारबाट चार अर्ब २९ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरका ६९ लाख ६१ हजार पाँच सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.७० अंकले बढेर अन्तिम दिन १५२५.०९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.३५ अंकले बढेर ३२९.९८ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम ( ४२ करोड ५५ लाख रुपैयाँ) को आधारमा नेपाल बंगलादेश बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (३२ लाख ९४ हजार कित्ता) को आधारमा सिद्धार्थ इक्विटी ओरीएन्टेड स्किम अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार संख्या (१५३१ वटा) को आधारमा नेपाल बंगलादेश बैंक लिमीटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस    साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

LIVE TV