१५ जेष्ठ २०७३, शनिबार

कञ्चनपुर, हिन्दू जागरण युवासङ्घ नेपाल कञ्चनपुरले आजदेखि धर्म परिवर्तन विरुद्धको जनजागरण यात्रा सुरु गरेको छ ।

जिल्लाका विभिन्न भागमा दुई दिनसम्म धर्म परिवर्तन, लैङ्कि हिंसा, जातीय छुवाछुत अन्त्य, बाल विवाहलगायतका विषयमा जनचेतना फैलाउने लक्ष्यका साथ यात्रा सुरु गरेको हो ।

हिन्दू जागरण युवासङ्घ कञ्चनपुरका अध्यक्ष हरिप्रसाद जोशीले दुई दिनसम्म सञ्चालन हुने यात्रामा दुई हजार भन्दा बढी युवाको सहभागिता रहेको बताउनुभयो ।

महेन्द्रनगरको मदनचोकबाट सुरु भएको यात्राका क्रममा आज पहिलो दिन बजार परिक्रमा र कोणसभा लगायतका कार्यक्रम आयोजना गरिएका छन् । कोण सभाका वक्ताले हिन्दूधर्म जोगाउनका लागि सबैले एकवद्ध रुपमा अगाडि बढनुपर्ने विचार व्यक्त गरेका छन् । सङ्घले यात्राको क्रममा धर्मपरिवर्तन मुक्तक्षेत्र समेत घोषणा गर्ने योजना बनाएको छ ।
सङ्घको अगुवाइमा यसअघि दाङको घोराही नगरपालिकालाई धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा गरिएको थियो । रासस

 

LIVE TV