१५ जेष्ठ २०७३, शनिबार

akhitar

विराटनगर, अख्तियार दुरपयोग अनुसन्धान आयोग, पूर्व क्षेत्रीय सम्पर्क कार्यालय इटहरीको टोलीले आज एक प्रधानाध्यापकलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेका छन् ।

विराटनगर– ११, देवकोटाचोकस्थित रुपेश होटेलबाट मोरङको अमाही बरियाती–४ स्थित जनता उमाविका प्रधानाध्यापक रुद्रानन्द चौधरीलाई रु ६५ हजार सहित पक्राउ गरिएको आयोगका क्षेत्रीय प्रमुख रवीन्द्रप्रसाद शर्माले जानकारी गराउनुभयो ।

एक प्रशिक्षार्थीलाई शिक्षक पदमा नियुक्ति गरिदिने भनेर उनले उक्त रकम लिँदै गरेको बताइएको छ । रासस

 

आज संसदमा प्रस्तुत हुने वजेटमा कुन कुन क्षेत्र समेटिदैछन हेर्नुहोस

शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६३ वर्ष पूरा

आज सरकारले हालसम्मकै उच्च र महत्वकाङछि बजेट प्रस्तुत गर्दै

 

LIVE TV