१५ जेष्ठ २०७३, शनिबार

सरकारले आर्थिक वर्ष २०७३÷७४ को वजेट आज अपरान्ह ४ वजे व्यवस्थापिका संसदमा प्रस्तुत गर्दै छ । यो आर्थिक वर्षको वजेट १० खर्ब ४५ अर्वको हाराहारीमा हुने अर्थ स्रोतले जनाएको छ ।

विगतका आर्थिक वर्षहरुमा असारमा आर्थिक वर्षको वजेट प्रस्तुत गर्ने गरिए पनि नेपालको संविधान २०७२ मा प्रत्येक वर्ष जेठ १५ भित्र वजेट प्रस्तुत गरिसक्ने भन्ने संवैधानिक व्यवस्था भएपछि सरकारले आजै वजेट सार्वजनिक गर्न लागेको हो ।

यसरी जेठमै वजेट प्रस्तुत गर्दा सवै क्षेत्रमा वजेट विनियोजन गर्न सहज हने र फ्रिज हुने खतरा नहुने विश्वास लिइएको छ ।

LIVE TV