१५ जेष्ठ २०७३, शनिबार

पहिले देखिनै कलाकारहरुको रोजाई अमेरीका पर्ने गथ्र्र्यो । अझैं पनि कलाकारहरुमा अमेरीकाको त्यो क्रेज निरन्तर रुपमा बढिरहेको छ । पाका अभिनेता सरोज खनाल पनि पहिले अमेरीका नै भासिएका थिए । फिल्म क्षेत्रमा सायद सबैले बिर्सिसकेका थिए, तर अहिले भने उनि पुनः कलाकारीता क्षेत्रमानै फर्केका छन् ।

001122
अग्रज कलाकारहरुको रोजाईमा त अमेरीका परेको थियो नै,पछिल्लो समयमा ब्यस्त फिल्मकर्मीहरुको रोजाईमा पनि अमेरीका नै पर्यो । त्यस्तै क्रमशः निरज बरालको पुरै परिवार, हिरोइन अरुणिमा लम्सालको पुरै परिवार , हिरो सुवास थापा, हिरोइन उषा पौडेल, निर्देशक श्याम भट्टराई, साँघुरो फिल्मका अभिनेता सुशाकं मैनाली तथा निर्देशक जोएस पाण्डे , हिरोइन अकेशा बिष्ट तथा उनका प्रेमी हिरो सौरम राज तुलाधर, फेसन डिजाईनर निलिमा शर्मा , तथा हिरो मुकेश ढकाल , गायिका नलिना चित्रकार, गायक हेमन्त राना पनि यति खेर अमेरिकामै सेटलको प्रयासमा छन् । नायक राजबल्लभ कोइरालाले पनि देश छाडेका थिए जो अहिले अमेरिकी जिवन विताईरहेका छन् । डान्सर हुदै फिल्म इन्डष्ट्रिमा प्रबेश गरेका दीलीप रायमाझि पनि अमेरीका नै हानीए । अभिनेता रमीत ढुङगाना पनि अमेरीका नै गएका थिए ।

1010
गत बर्षको शक्तिशाली भुकम्प पछि कलाकारहरु बिदेश पलायन हुनेको संख्या ह्वात्तै बढिरहेको छ । शक्तिशाली भूकम्प पश्चात निर्देशक सुरेश दर्पण पोखरेल, अभिनेता गणेश उप्रेत्ती र मुकेश आचार्यले पनि केही बर्षका लागि देश छाडिसकेका छन् । उनीहरु विभिन्न समारोहमा उपस्थित हुने बहाना बोकेर अमेरिकामा हानिएका हुन । अहिले उक्त अमेरीका जाने कलाकारहरुको नाम लिस्टमा नायिका नन्दीता केसिको पनि नाम थपिएको छ ।
जनाकारी अनुसार नन्दिताले केही बर्षका लागि देश छाडेर अमेरिकामै बस्ने योजना बनाएकी छिन् । फेसबुक टाईमलाईन र इन्स्टाग्राममा फोटोहरु अपलोड गरिरहने नन्दिताले अमेरिका पुगेको केही दिन पछि मात्र आफ्ना केहि फोटोहरु इन्स्टाग्राममा पोष्ट गरेकी हुन् । तर नन्दीताले आफू अमेरिकामै बस्न लागेको खबर कसैलाई पनि शेयर गरेकी छैनन् ।

nandita-kc-5
नन्दीताको पछिल्लो समयमा कैफियत फिल्ममा नजर आएकी थिईन् । उक्त फिल्मले नन्दीतालाई खासै चर्चामा ल्याउन सकेन । त्यसैले पनि हुनसक्छ कलाकारीतामा सक्रियता घटेपछि नन्दिताले पनि अन्य सेलिब्रेटी सरह देश छाड्ने निर्णय गरेकी अनुमान गर्न सकिन्छ ।
चर्चित र ब्यस्त भएर पनि आर्थिक अवस्था कमजोर हुन थालेपछि पछिल्लो दुई बर्षमा कलाकारहरु स्वदेशमै राम्रो सम्भावना र भबिष्य हुँदा हुँदै पनि अमेरीका तिर जाने क्रम बढिरहेको छ । यसरी नेपाली कलाकारहरु बिदेश पलायन पछि केहि कलाकारहरु स्वादेश नै फर्किएका छन् भने कोहिको चाही अत्तो पत्तो छैन । भर्खरै मात्र अमेरीका पुगेकी नायिका नन्दिता भने फर्किन्छिन या त्यतै सेटल हुन्छिन् त्यो चाहिँ पछि नै थाहा हुनेछ ।

 

LIVE TV