१५ जेष्ठ २०७३, शनिबार

फिल्महरु पाईरेसीको समाचार आईरहँदा पछिल्लो पटक फिल्म ’ड्रिम्स’ पनि पाईरेसी भयो । त्यसपछि निर्देशक तथा निर्माता भुवन केसी विदेशमा चलाईरहेको शो थाती राख्दै नेपाल फर्केका छन् । साथै उनि नेपाल फर्केपछि पाईरेसीले करोडौं घाटा भएको भन्दै १ करोड क्षतिपुर्ती माग सहित उजुरी दर्ता गरेका छन् ।

maxresdefault
उनले विकास वोर्ड, प्रहरी साईवर सेल र चलचित्र कलाकार संघमा उजुरी दर्ता गरेका हुन् । उनले उजुरी दर्ता गरेपछि प्रहरी तथा सम्बन्धित निकायबाट पत्ता लगाई दोषी माथि कारबाहीको प्रतिबद्धता पाएको बताए । उक्त फिल्मका निर्माता तथा निर्देशक रहेका भुवानले नेपाली फिल्म र संस्कृतिलाइ ध्वस्त पार्ने षडयन्त्रमा गिरोह नै लागिरहेको भन्दै गिरोह पत्ता लगाई कारबाहिको लागी माग गरेको बताए ।
फिल्म बर्ष २०७२ को हिट लिस्टमा छ । फिल्ममा अनमोल केसी र साम्राज्ञ्यलक्ष्मी शाह लिड रोलमा छन् । पाईरेसि कहाँबाट र कसले गर्यो भन्ने बारे किटानी दिन भने उनले सकेनन् ।
यो भन्दा पहिले नै बकस अफिसमा रेकर्ड राख्न सफल फिल्म प्रेमगीत र पशुपति प्रसाद पनि पाईरेसी भएको थियो ।

LIVE TV