१५ जेष्ठ २०७३, शनिबार

सरकारले २०७३ सालको गणतन्त्र दिवसको अवसरमा समाजका विभिन्न क्षेत्रका महानुभावलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकाे छ ।

नेपाल रत्न मानपदवीले मदनकुमार भण्डारीलाई मरणोपरान्त सम्मानित गरिएको छ । राष्ट्रगौरव मानपदवी सुशील कोइराला (मरणोपरान्त) र सुवासचन्द्र नेम्वाङलाई दिएको छ । महाउज्ज्वल कीर्तिमय राष्ट्रदीप मानपदवी सूर्यबहादुर थापा, नरबहादुर कर्माचार्य, निर्मल लामा र पोष्टबहादुर बोगटीलाई मरणोपरान्त र रामहरी जोशीलाई दिइयो ।

प्रसिद्ध प्रवल जनसेवाश्री मानपदवी डा. युवराज खतिवडा, वर्षमान पुन अनन्त, जनर्दन शर्मा प्रभाकर, वैद्यनाथ उपाध्यय, भानुप्रसाद आचार्यलाई दिइयो । सुकीर्तिमय राष्ट्रदीप मानपदवी डा. सोमलाल सुवेदी, राजेन्द्र क्षेत्री, लोकदर्शन रेग्मी, उपेन्द्रकान्त अर्याल, दुर्जकुमार राई, दीलिपराज रेग्मी विभूषित गर्ने घोषणा गरिएको छ । सुप्रबल जनसेवाश्री मानपदवी ८२ जना, प्रबल जनसेवाश्री मानपदवी १३५ जना र जनसेवाश्री मानपदवी ५१ जना गरी कुल २८७ जनालाई पानपदवी प्रदान गर्ने घोषणा गरिएको छ । त्यसैगरी १६ जनालाई अलंकार र ६५ जना लाई पदक प्रदान गर्ने घोषणा गरिएको छ ।

यस्तै प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरुको उद्धार एवं व्यवस्थापन वा प्रकोपको जोखिम न्युनिकरण गर्ने कार्यमा प्रशंसनीय रुपमा योगदान गर्ने वा सहयोग पुर्‍याउने ५६ हजार २ सय ७९ जनालाई प्राकृतिक प्रकोप पीडितोद्धार पदक, १८ औँ सार्क शिखर संमेलनलाई सफलतापुर्वक सम्पन्न गर्न योगदान गर्ने २५ हजार एक सय २२ जनालाई सरकारका कर्मचारी, सुरक्षा कर्मीलाई प्रशंसा गर्दै कदरपत्र प्रदान गर्ने र विमान चालक क्याप्टेन दिनेश न्यौपाने र

कसले कुन मानवदवी, अलंकार र पदक पाए थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

LIVE TV