१५ जेष्ठ २०७३, शनिबार

संजय लीला बंशलीको फिल्म ‘बाजीराव मस्तानी’ १७ औं आईफा पुरस्कारको नामांकनको सुचिमा सर्बश्रेष्ठ निर्देशक र सर्बश्रेष्ठ फिल्मका साथै आठ बिधामा अघि बढिरहेको छ । आईफाले घोषणा गरेअनुसार यस ऐतिहासिक फिल्मको प्रमुख हस्ति दीपीका पादुकोण र रणबीर सिंहलाई क्रमशः सर्बश्रेष्ठ अभिनेता र अभिनेत्री नामांकन गरीएको छ । त्यस्तै दीपीकाका अर्को नामांकन पिकु फिल्मबाट पनि नामांकन गरीएको छ ।

113804-bajirao-new-1123
‘बाजीराव मस्तानी’मा काशीबाईका भुमिका निभाएकी प्रियंका चोपडाले यस फिल्ममा सह स्टार तन्वी आजमीको साथमा सर्बश्रेष्ठ सह अभिनेत्री र अभिनेताको नामांकन हासिल गरेका छन् । त्यस्तै प्रियंकाले दिल दड्कनो दो फिल्म बाट सर्बश्रेष्ठ अभिनेत्रिको श्रेणिमा नामांकन गरीएको छ । ‘बाजीराव मस्तानी’ फिल्मको अन्य नामांकीत नामहरु यस प्रकार छन्ः श्रेया घोषालः सर्बश्रेष्ठ पाश्र्वगायिका र भंसलीः सर्बश्रेष्ठ संगीत निर्देशक घोषणा भएका छन् । त्यस्तै सुपरस्टार सलमान खानको फिल्म बजरंगी भाईजान सातौं श्रेणिमा नामांकन गरीएको छ ।

LIVE TV