१५ जेष्ठ २०७३, शनिबार

067बुटबल पुगेकी उनकी आमा बुधबार बिहान साढे ५ बजे घर फर्किइन् । घरमा छोरी मनिषा एक्लै थिईन् । सिधै उनी छोरीको कोठामा पुगिन् ।

मनीषाको टाउको खाटमा थियो भने खुट्टा टी टेबलमा थियो । उनले उठाउन खोजिन् । तर, उठिनन् । हात समाउँदा चिसो भइसकेको थियो । छोरीको मृत्यु भएको ठानेर उनले गाउँलेलाई बोलाईन् । गाउँलेले प्रहरीलाई खबर गरेपछि करिब ७ बजे प्रहरी पुगेको थियो । प्रहरीका अनुसार मनीषाले अन्य व्यक्तिहरुसँग फेसबुकमा कुरा गरेको विषयमा झगडा परेको देखिन्छ ।

अरुसँग कुरा गरेको शंकामा उनको प्रेमी आशिष चौधरीले मोबाइलको पासवर्ड मागेका थिए । तर, मनीषाले दिएकी थिइनन् । सोही विषयलाई लिएर उनीहरुबीच कुटाकुटसमेत भएको थियो । झगडापछि आफू घरबाहिर बरण्डामा निस्केको र केही समयपछि भित्र जाँदा मनीषालाई झुण्डिएको अवस्थामा फेला पारेको उनले बताएका छन् ।

मनिषाले बुधबार दिउँसो ५ बजेतिर आफ्नो फेसबुक प्रोफाइल फोटो परिवर्तन गरेकी थिइन् । जसमा दाई बिमलले ब्यूटीफुल, मिस यू सिस’ भन्दै कमेन्ट गरेका गिए । चौधरीको भनाईलाई विश्वास गर्न नसकिने प्रहरी अधिकारीहरु बताउँछन् । चौधरी बिमलको फुटबलर साथी हुन् । एसएलसी फेल भएपछि उनी यत्तिकै घरमा बस्दै आउका थिए । मनिषा भने कक्षा ११ पढ्दै आएकी थिइन् ।

मोबाइल र फेसबुककै विषयमा लिएर भएको झगडाको कारण उनको मृत्यु भएको अनुसन्धानमा आबद्व प्रहरीले जनाएका छन् । मनीषाले आत्महत्या नै गरेको भएपनि चौधरीले आत्महत्या गर्न बाध्य बनाएकाले उनीमाथि भने ज्यान मुद्दा चल्ने प्रहरीको भनाई छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

LIVE TV