१५ जेष्ठ २०७३, शनिबार
chorगत चैत ७ मा ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट ४ लाख ४६ हजार चोरी भयो । नयाँ पत्रिका दैनिकमा समाचार छ।
महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो । सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो । तर चोर फेला परेनन् । घटनाको दुई सातापछि मनी ट्राभल्सका संचालक अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगे । यसपटक उनले छोरी सहित श्रीमती वेपत्ता भएको सुनाए ।
प्रहरीले अनुसन्धान गर्दै गएपनि केही फेला परेन ।तर जेठ २ मा मन्त्री ट्रान्सफरका संचालकले छोरीलाई गौशालामा देखे । पशुपति मन्दिर दर्शन गर्न जादाँ छोरी जुस किनिरहेकी थिईन ।
हत्तपत्त छोरीलाई सोधे, तिमीहरु कहाँ थियोैं, मम्मी खोइ ? छोरीले ममी र आफू नजिकै घरमा केही अंकलहरुसँग बस्दै आएकी बताइन् । छोरीलाई अघि लगाएर उनी घरभित्र पसे । श्रीमती त्यहीँ थिईन । उनी झन चकित भए ।जतिवेला उनको कार्यालय चोरी गर्नेहरु पनि त्यही थिए ।

LIVE TV