१४ जेष्ठ २०७३, शुक्रबार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले नेपाली सेनाको लागि आवश्यक स्रोत साधनहरु उपलब्ध गराई गुणात्मक रुपमा विकास गर्दै लैजानु पर्ने विषयमा जोड दिनु भएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री रावलले भविष्यमा आईपर्नसक्ने जस्तोसुकै चुनौतीको सामना गर्न समेत नेपाली सेना सक्षम हुनुपर्ने बताउनु भएको थियो ।

सेनाले गरेका कार्यहरुको उच्च मूल्याङ्कन गर्नुहुँदै उँहाले नेपाली सेना आप्नो जिम्मेवारी तथा भूमिका निर्वाह गर्न सक्षम रहेको विश्वास समेत व्यक्त गर्नु भएको थियो ।

नेपाली सेनाले रावललाई शुक्रवार सैनिक जंगी अड्डामा आयोजित एक कार्यक्रमका आमन्त्रण गरी समसामयिक बिषयमा पनि जानकारी गराएको थियो ।

कार्यक्रममा रक्षा सचिव महेश प्रसाद दाहाल, प्रधान सेनापती राजेन्द्र क्षेत्री लगायत रक्षा मन्त्रालयका पदाधिकारी तथा नेपाली सेनाका रथीहरुकोसमेत उपस्थिति रहेको थियो ।

 

LIVE TV