१४ जेष्ठ २०७३, शुक्रबार

राजधानीको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा २० औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०७३ सुरु भएको छ ।

पढ्नलाई प्रेरणा भन्ने नारा सहित ग्लोबल एक्सपोजिशनले नेपाल पुस्तक तथा स्टेशनरी महासंघको सहकार्यमा २० औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०७३ आयोजना गरिएको हो ।

प्रदर्शनीको उद्घाटन सभामुख ओनसरी घर्ती मगरले गर्नुभएको थियो । स्वदेशी र बिदेशी गरी ६० भन्दा बढी चलेका प्रकाशक तथा वितरकहरूको स्टल राखिएको र स्वदेशी तथा विदेशी पुस्तक प्रकाशक, लेखक, श्रष्टा र पाठकलाई एउटै थलोमा ल्याउने मुख्य अभिप्राय रहेको ग्लोबल एक्स्पोजिशनका कार्यकारी निर्देशक सन्तोष क्षेत्रीले जानकारी दिनुभयो । उहाँले प्रदर्शनी अन्य बर्ष भन्दा भिन्न रहेको बताउनुभयो ।

प्रदर्शनीको उद्घघाटन समारोहमा नेपाली साहित्यमा योगदान दिनुहुने महिला साहित्यकार गीता केशरी र पद्मावती सिंहलाई राष्ट्रिय श्रष्टा सम्मानबाट सम्मानित गरिएको थियो ।

आगामी २२ जेठसम्म चल्ने सो प्रदर्शनी हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ः३०सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

LIVE TV