१४ जेष्ठ २०७३, शुक्रबार

सरकारले शनिवार प्रस्तुत गर्न लागेको आगामी आर्थिक बर्ष २०७३ ÷७४ को बजेट बितरणमुखी भन्दा पनि खुला बजार अर्थतन्त्रमा आधारित हुनु पर्ने धारणा निजी क्षेत्रको रहेको छ । बजेटलाई लोकप्रिय नारा भन्दा पनि ब्यवहारिक र आर्थिक विकासमा केन्द्रित गर्न निजी क्षेत्रको जोड रहेको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा बस्तुगत परिषदका अध्यक्ष दिनेश श्रेष्ठले बजेट सवैलाई खुसी पार्नलाई भन्दा पनि दिगो आर्थिक विकासमा केन्द्रित हुनु पर्ने बताउनु भयो । महासघका उपाध्यक्ष श्रेष्ठले बजेट प्रणाली र सरकारको बजेट निर्माण प्रकृयामा आशँका गदै बजेटमा कुनै सिद्धान्त र दर्शनमा समावेश भएको अवस्थामा बजेट लोकप्रिय दस्तावेज हुन सक्ने बताउनु भयो ।

बिभिन्न सामाजिक भत्ता बाँडेर कार्यकर्ताहरुलाई खुसी पार्नु भन्दा पनि देशको अर्थतन्त्रको दिगो विकासमा बजेट केन्द्रित हुनु पर्ने कुरामा उपाध्यक्ष श्रेष्ठले जोड दिनु भयो । उद्योग बाणिज्य महासंघले सरकारलाई खुला बजार र लगानीमैत्री वातावरण निर्माणमा सुझाव दिएको चर्चा गर्दै उपाध्यक्ष श्रेष्ठले नियन्त्रणमुखी अर्थतन्त्रको सिद्धान्तबाट बजेट स्वीकार्य नहुने बताउनु भयो ।

महासघका उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र भूकम्प, नाकाबन्दी, मधेश आन्दोलनबाट थला परेको हुदाँ निजी क्षेत्रमैत्री हुनु पर्नेमा जोड दिदै बजेट सवैले बिश्वास गर्न सक्ने यथार्थवादी हुनु पर्ने बताउनु भयो । उद्योग बाणिज्य महासघका उपाध्यक्ष श्रेष्ठले बजेटमा नारा र सपना भन्दा पनि ब्यवहारिक पक्षलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो ।

LIVE TV