
फिल्म ‘किन गरे माया’ यो साता बाट बिभिन्न हलहरुमा दर्शक माझ प्रदर्शनमा आएको छ । साथै फिल्मको निर्माण टोलीले राजधानीको बिग मुभिज्मा आफ्ना अतिथीहरुका लागी बिशेष शो पनि देखाएका थिए । उक्त बिशेष शोलाई फिल्मका निर्माण पक्ष र कलाकारलाई अतिथीहरुका साथै पत्रकारहरुले साथ दिएका थिए । बिशेष शो हेरीसकेपछि अतिथीहरुले फिल्म राम्रो भएको प्रतिकृया दिए ।
फिल्मलाई दील कुमार प्यासिले प्रस्तुत गरेका हुन् । त्यस्तै फिल्मको कथा लेखन पनि प्रस्तुत कर्ता प्यासिले नै गरेका हुन् । फिल्मलाई अभि फिल्मस्को ब्यानरमा रमेश बोगटीले निर्देशन गरेका हुन् । उक्त फिल्मको निर्माताको रुपमा हिरा लाल घलान रहेका छन् ।
फिल्मले नयाँ पुस्ताको लभस्टोरीलाई पर्दामा प्रस्तुत गरेको छ । फिल्ममा नयाँ कलाकारहरुलाई प्राथमीकतामा राखीएको छ । आयुष रेग्मी,सञ्जु शिलवाल,सरु घलान,हरीस तिमल्सीना,रष्मी भट्ट,दील कुमार प्यासि लगाएत कलाकारहरुको फिल्ममा अभिनय रहेको छ ।
फिल्ममा आयुष र सञ्जुले जोडिको रुपमा गरेका अभिनयले हलमा निकै ताली पनि पाए । उनिहरुले गरेका अभिनयले सबैको तारीफ पनि पाए ।
फिल्मको संगीत बसन्त सापकोटा र महेश खड्काले दिएका हुन् । शंकर महर्जनले द्धन्द निर्देशन गरेका हुन् । फिल्ममा समाबेश गरीएका गीत संगीत पनि तारीफ योग्य नै रहेको छ । जस्लाई राजेश पायल राई,दिपक लीम्बु,मनीषा पोखरेल लगाएत चर्चीत सिङ्गरहरुले स्वर बद्ध गरेका छन् ।