१३ जेष्ठ २०७३, बिहीबार

यातायात व्यवसायीको हड्तालका कारण प्रभावित काठमाडौंका यात्रुहरुलाई साझाले दियो थोरै राहत

sajha

ट्राफिक जरिवाना वढाएको विरोधमा विहीवार राजधानी लगायत देशैभरिका सार्वजनिक यातायत ठप्प भए । यातायात व्यावसायीको वन्दका कारण देशभरीका सर्वसाधारणले भोग्नुसम्म सास्ती खेप्नुप¥यो । तर सरकारको समेत स्वामित्व रहेको साझा यातायात भने सञ्चालनमा आए । यसबाट राजधानीका केही यात्रुले राहातको महशुस गर्न पाए ।

यो हो नेपाल सरकारको समेत स्वामित्व रहेको साझा यातायात । सामान्य अवस्थामा साझाले लगनखेल – नयाँ वसपार्क, लगनखेल–बुढानिलकण्ठ र कंलकी– एयरपोट गरी तीन रुटमा दैनिक १६ ओटा गाडीले आफ्नो सेवा प्रदान गर्दै आएको छ  ।  विहीवार यातायात व्यावसायीको निहीत स्वार्थका कारण लाखौ यात्रु त अलपत्र परे ।

यातायात व्यावसायीको वन्दका कारण सार्वजनिक यातायात ठप्प प्रायभ ए पनि साझा यातायात भने निर्वाध रुपमा चले  । यसबाट सरकारको स्वामित्वमा सार्वजनिक यातायातको आवश्यकता र महसूस सरकार र सर्वसाधारण यात्रु दुवैले गरेका छन् ।

त्यसो त सार्वजनिक यातायात व्यावसायीहरुले गर्ने  हड्ताल नेपालका लागि कुनै नौलो विषय होइन । उनीहरुले विभिन्न वाहानामा समयसमयमा यातायात वन्द गराउँदै आएका छन् । विकसित मुलुकहरुमा सार्वजनिक सवारी सञ्चालनमा सरकारी स्वामित्व बढी रहेको हुन्छ । तर नेपालमा भने सार्वजनिक यातायातमा निजी क्षेत्रको दबदबा छ । यसले गर्दा उनीहरुको मोनोपोली र दादागिरी चल्दै आएको छ ।

विगत केही वर्षयता राजधानीका केही रुटमा सरकारको समेत स्वामित्व रहेको साझा यातायात चले पनि त्यो अपर्याप्त रहेको यात्रुहरुको गुनासो छ ।  विहीवारको हड्तालले सार्वजनिक यातायात क्षेत्रमा निजी क्षेत्रको दबदबा रहेसँगै सरकारसँग उनीहरुले बेलाबेलामा गर्ने वार्गेनिङ र सिन्डीकेटको अन्त्य गर्दै यात्रुहरुको सुविधाका लागि सरकारको स्वमित्वका यातायात सेवाहरु अविलम्ब सञ्चालन गर्नुपर्ने खाँचो महसूस गराएको छ ।

 

LIVE TV