१३ जेष्ठ २०७३, बिहीबार

pokhari1

रुकुमका गाउँ गाउँमा रहेका जंगलमा पोखरी निर्माण भईरहेको छ । जंगली जनावरहरुको पानी खान नपाएर मृत्यु हुन थालेपछि रुकुममा विभिन्न ८ गाविसमा रहेका जंगलमा पोखरी निर्माण भैरहेको हो ।

जिल्ला विकास समिति रुकुम अन्तरगत जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा जिल्लाका मग्मा, दुली, घेत्मा, पूर्तिमकाँडा, अर्मा, रुकुमकोट, चौखावाङ र चनुवाङ गाविसमा रहेका जंगलमा पोखरी निर्माण कार्य सञ्चालन भैरहेको जिल्ला जलवायु परिवर्तन सहयोग कार्यक्रममा जिल्ला संयोजक  भक्त भण्डारीले जानकारी दिनुभयो ।

सुख्खा समयमा जंगलमा रहेका पशुपंक्षीले पानी खान नपाउँने अवस्था रहेका कारण बन्यजन्तुलाई पानी खाना सहयोग पुग्ने उद्धेश्यले ८ गाविसमा यस वर्ष ८४ वटा पोखरी निर्माण गरिने भण्डारीको भनाई छ ।

खानेपानी अभावका कराण दिनप्रतिदिन जंगलमा जनावरहरुको मृत्यु हुनका साथै छटपटाउन थालेपनि जंगलका सिम्सा क्षेत्रमा, पानीको स्रोत सानो भएको ठाउँमा पोखरी निर्माण गरिने भएको छ ।  जिल्लाका सबै ठाउँमा यसै आथिर्क बर्षमा पोखरी निर्माण गरिने र त्यसको लागि अहिले काम सञ्चालन भइरहेको संयोजक भण्डारीको भनाई छ ।

वनजंगल जथाभावी फडानी, आगलागी लगायतका विभिन्न कारणले गर्दा जंगली जनावरहरुलाई पानी खानको लागि समस्या हुँदै आएको थियो । अबका दिनमा पशुपंक्षीका लागि खानेपानीमा देखिएको समस्या समधान हुने विश्वास गरिएको छ ।

 

 

LIVE TV