१३ जेष्ठ २०७३, बिहीबार

काठमाडौँ, मुलुकको वर्तमान अर्थतन्त्रमा परम्परागत प्रणालीमा संरचनात्मक रुपमा परिवर्तन भएको देखिएको छ ।

सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विगत वर्षलाई पछ्याउँदै मुलुकको अर्थतन्त्र कृषिबाट सेवा क्षेत्रतिर सर्दै गएको छ । आधारभूत मूल्यमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा उद्योग क्षेत्रको योगदान क्रमशः घट्दै तथा सेवा क्षेत्रको योगदान बढ्दो छ ।
गत आव २०७१÷०७२ मा कृषि क्षेत्रको उत्पादन रु दुई खर्ब ३९ अर्ब ५० करोडको थियो भने सेवा क्षेत्रको रु तीन खर्ब ७० अर्ब ५० करोड थियो । चालु आवमा कृषि क्षेत्रको उत्पादन रु दुई खर्ब ४२ अर्ब ६० करोड बराबरको अनुमान गरिएको छ । सेवा क्षेत्रको उत्पादन रु तीन खर्ब ८० अर्ब ४० हुनेछ ।

त्यसैगरी आधारभूत मूल्यमा औद्योगिक क्षेत्रको उत्पादन रु एक खर्ब नौ अर्ब ४० करोडबाट घटेर रु एक खर्ब दुई अर्ब ५० करोडमा सीमित हुने अनुमान गरिएको छ । अवस्थालाई माथि उठाई उच्च आर्थिक वृद्धि हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।

भूकम्पबाट भएको क्षतिबाट अर्थतन्त्रलाई थप नकारात्मक हुन नदिई पुनःनिर्माण एवम् नवनिर्माणलाई उच्च प्राथमिकतामा राखी लगानी परिचालन गर्न कठिन हुने देखिएको हो । मुलुकमा आन्तरिक तथा बाह्य लगानीको उचित परिचालन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७२÷७३ को आर्थिक सर्भेक्षण पेस गर्नुभयो ।

प्रतिवेदनमा सार्वजनिक संस्थानको आर्थिक अवस्था र मन्त्रालयगत प्रगति प्रतिवेदन समावेश गरिएको छ । संसद्को अर्को बैठक यही जेठ १४ गते अपराह्न २ बजे बस्नेछ । रासस

 

LIVE TV