१३ जेष्ठ २०७३, बिहीबार

फिल्म ’गाजलु’को पुनः नयाँ पोष्टर रीलीज गरीएको छ । यो भन्दा पहिले नै फिल्मका निर्माण पक्षले कलाकार अनमोल केसि र श्रृष्टि श्रेष्ठ लाई मात्र स्थान दिदै पोष्टर रीलीज गरेका थिए, भने भर्खरै रीलीज गरीएको पोष्टरमा भने अन्य कलाकारहरुलाई पनि स्थान दिएका छन् । अहिलेको पोष्टरमा फिल्मका अन्य लिड कलाकारहरु सलोन बस्नेत,गौरब पहारी र मेनुका प्रधान पनि स्थान दिईएको छ, भने यसै पोष्टरमा अनमोल र श्रृष्टि पनि रहेका छन् ।

gajalu wid salon gaurab
अनमोल  नेपाल बाहिर हुँदा पनि फिल्म टिमले उनीहरुको कुरा मात्र प्रचारमा अघि ल्याएपछि अन्य लिड कलाकार गौरव पहारी र सलोन बस्नेतले मिडियामै आएर बिरोध पनि गरेका थिए । यस घटनापछि फिल्म युनिटले पहिलो पटक सलोन, गौरव लगायतका अन्य कलाकार अटाएको पोस्टर सार्वजनिक गरेका हुन् ।

gajalu new poster1
हेमराज बिसी निर्देशीत फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । वल्र्ड प्रिमियरमा सहभागी हुन निर्माता निर्देशक पनि लण्डन जाँदैछन् भने सृष्टि यसअघि नै पुगिसकेकी छिन् । फिल्म यहि जेष्ठको २८ मा दर्शक माझ प्रदर्शनमा आउँदैछ ।

LIVE TV