१३ जेष्ठ २०७३, बिहीबार

हाम्रो फिल्म क्षेत्रको बजार सानो भए पनि प्रत्येक साता कुनै न कुनै फिल्महरु रीलीज भएकै हुन्छन् । यो साता बाट दुई फिल्महरु ‘एक्शन’ र ‘किन गरे माया’ दर्शकमाझ हलमा लाग्दै छन्् । फिल्म ‘एक्शन’लाई चिरायु फिल्मस्को ब्यानरमा दिपेन्द्र कोईराला र शर्मीला तामाङ गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

00122
फिल्म ‘एक्शन’ मनोरन्जनात्मक हुनुका साथै सन्देश मुलक रहेको छ । फिल्मले देश निर्माण गर्नका लागी सम्पुर्ण युवाहरुले एक्शन लिएर अघि बढ्नु पर्छ भन्ने सन्देश दिने भएको छ । रोचकको कुरा यो होकी पहिलो पटक एक्शन नायक शीब श्रेष्ठ पनि उक्त फिल्ममा नेगेटिभ रोलमा अभिनय गरेका छन् । त्यसैले पनि ‘एक्शन’फिल्म नायक शिब श्रेष्ठ र फ्यानहरुका लागी बिशेष पनि रहेको छ ।
सन्देशमुलक रहेको फिल्म ‘एक्शन’को निर्देशकको रुपमा राजु अर्याल रहेका छन् । संगीत प्रह्लाद बोगटीले दिएका छन् । गोबिन्द प्रभात र राम प्यासिले नृत्य निर्देशन गरेका छन्, र कुमार महर्जनले द्धन्द निर्देशन गरेका छन् । फिल्मको स्क्रीप्ट पनि निर्देशक राजु अर्यालले नै लेखेका हुन् । त्यस्तै उक्त फिल्मको बितरकको रुपमा आर आर फिल्मस् र ओम श्री बज्र यान पिक्चर्स रहेका छन् ।
‘एक्शन’फिल्ममका शीब श्रेष्ठको साथमा प्रमोद दीप र जेनीशा केसि पनि लीड कलाकारको रुपमा रहेका छन् । फिल्ममा भिलेन शीबको प्रतिद्धन्दिको रुपमा प्रमोद दीप रहेका छन् । फिल्ममा शीबका साथमा प्रमोदको एक्शन अवतार हेर्न पाईने भएको छ । साथै फिल्ममा मार्शल आर्टका केहि स्टेपका साथै प्रमोदको स्टन्ट पनि हेर्न पाईनेछ ।
‘एक्शन’फिल्म सँगै अर्को फिल्म ‘किन गरे माया’ पनि रीलीजमा आउँदै छ । फिल्मलाई अभि फिल्मस्को ब्यानरमा दील कुमार प्यासिले प्रस्तुत गरेका हुन् । फिल्मको कथा पनि प्रस्तुतकर्ता दील कुमार प्यासिले नै लेखेका हुन् ।

फिल्मको निर्माताको रुपमा हिरा लाल घलान रहको छन् । फिल्मले अहिलेको नयाँ पुस्ताका प्रेम कथालाई पर्दामा प्रस्तुत गर्नेछ । फिल्ममा नयाँ कलाकारहरुलाई प्रस्तुत गरीएको छ । फिल्मको संगीत बसन्त सापकोटा र महेश खड्काले संयुक्त रुपमा दिएका छन् । त्यस्तै फिल्मलाई नीरज कँडेल र दिब्य सुबेदीले खिचेका हुन् । भने, फिल्मको निर्देशकको रुपमा रमेश बोगटी रहेका छन् ।
रीलीज गरीएको फिल्मको गीत संगीतले पनि निकै चर्चा पाईरहेको छ । फिल्ममा आयुष रेग्मी,सञ्जु सिलवाल,सरु घलान,हरीस तिमल्सीना,सुष्मा कार्की,रष्मी भट्ट,दील कुमार प्यासी लगाएत कलाकारहरुले अभिनय गरेका छन् ।

maxresdefault (1)
यो साताबाट बलिउड फिल्म ‘बिरप्पन’ पनि प्रदर्शनमा आउँदै छ । फिल्मलाई राम गोपाल बर्माले निर्देशन गरेका हुन् र निर्माताको रुपमा बि भि मञ्जुनाथ रहेका छन् । फिल्ममा सन्दिप भारद्धज र परुल यादवले लीड रोलमा अभिनय गरेका छन् ।

0112
यसै साता बाट हलिउड फिल्महरु ‘अलाइस थ्रु द लुकिङ ग्लास’ र ‘एक्स मेन’ पनि पनि प्रदर्शनमा आउदै छन् । फिल्म ‘अलाइस थ्रु द लुकिङ ग्लास’ लाई जेम्स बोबीनले निर्देशन गरेका हुन् । फिल्मको स्क्रीप्ट राईटरको रुपमा लिण्डा उलभेर्टोन रहेका छन् । फिल्मलाई टिम बुर्टोन र जो रोथले निर्माण गरेका हुन् । फिल्ममा जोन्नी डेप,एन्नी ह्याथवे,हेलेना बोनहाम कार्टर,अलान रीकम्यान लगाएत कलाकारहरुले अभिनय गरेका छन् । त्यस्तै अर्को हलिउड फिल्म ‘एक्स मेन’ पनि दर्शक माझ आउदै छ । फिल्मलाई ब्रायन सिङगरले निर्देशन गरेका हुन् । फिल्ममा माईकल फासबेन्डर,निकोलास हल्ट, जेनीफर लरेनस लगाएत कलाकारहरुले लीड रोलमा अभिनय गरेका छन् । उक्त फिल्मको स्क्रीप्ट राईटरको रुपमा सिमोन किङबर्ग रहेका छन् । फिल्मलाई लुरेन स्कलर डनर,सिमोन किङबर्ग, हच पार्कर र ब्रायन सिङगरले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

LIVE TV