१२ जेष्ठ २०७३, बुधबार

सरकारले बोलाएको सर्वदलीय बैठक सकिएको छ । मधेसी मोर्चा उपस्थित नभए पनि बैठकमा विपक्षी दल कांग्रेसका नेता सहभागी थिए । कांग्रेस नेता महेश आचार्यले सरकारले तत्काल मोर्चासँग छलफल गरेर अहिलेका विवाद समाधान गर्नुपर्ने बताउनुभयो । त्यस्तै कानुन मन्त्री तथा एमाले नेता अग्नी खरेलले सरकारले वार्ता र सहमतिकै माध्यमबाट समस्याको समाधान गर्ने बताउनुभयो । उहाँले मोर्चा आन्तरिक कारणले छलफलमा सहभागि हुन नसकेको बताउनुभयो ।

LIVE TV