१२ जेष्ठ २०७३, बुधबार

sagarmatha-himalसर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा बेपत्ता भएका दुई भारतीय पर्वतारोहीको खोजीका लागि पश्चिम बंगाल सरकारले टिम पठाउने भएको छ ।

त्रिणमुल कांग्रेसका विधायक एवं खेल, आवास तथा युवा मामिलामन्त्री अनुप विश्वासका अनुसार तीन सदस्यीय टोली नेपाल आउनेछ । टोलीको नेतृत्व युवा मामिला विभागका प्रधान सचिव एसए बाबा रहनेछन् । सर्वोच्च शिखर सागरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको थियो । दुईजना अझै सम्पर्कबिहीन छन् ।

हराइरहेका भारतीय आरोहीहरूको नाम परेशनाथ र गौतम घोस छ । भारतीय टोलीले उनीहरूको खोजीमा सहकार्य गर्ने मन्त्री विश्वासले बताए । उनका अनुसार सगरमाथा आरोहणका क्रममा मृत्यु भएका सुवास पलको शव सरकारले नै भारत लैजानेछ र परिवारले आवश्यक सहयोग गर्नेछ ।

LIVE TV