१२ जेष्ठ २०७३, बुधबार

sher-deuba.jpg‘ल, ल भयो, तपाईंको भयो’ भन्दै शेरबहादुर देउवा आफैं वक्तालाई मञ्चबाट तान्न थाले । कार्यक्रम चल्दै थियो, तर रमिता सुरु भयो मञ्चबाहिर ।

कांग्रेस सभापति गत साता रुपन्देही पुगेर आफ्ना निकटवर्ती खुम बहादुर खड्का पक्षधर नेताको विरोध खेप्दा यस्तो रमिता चलेको हो । लुम्बिनीबाट फर्किँदा जिल्ला कार्यसमितिले आयोजना गरेको ‘संविधान कार्यान्वयन र चुनौती’ विषयक प्रशिक्षणमा भाग लिन देउवा पुगेका थिए ।

विश्वप्रकाश शर्मा र गगन थापा प्रशिक्षक रहेका उक्त कार्यक्रममा देउवा पुग्नासाथ खुम बहादुर निकट मानिने सांसद् भरत शाहलाई अतिथि र वक्ता बनाइयो । उनले भने, ‘संविधानले गृहमन्त्रीको अधिकार कटौती गरेका कारण प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको छ ।’

पहिला संयमित भएर बोलेका गगन थापालाई लक्षित गर्दै भने, ‘तपाईंको कृष्ण सिटौला हो, यो सबै गरेको । तपाईं सिटौलाको महामन्त्री हुनुहुन्छ । यो कुरा सच्याइहाल्नुस्, होइन भने भोलीको परिणाम भोग्न तयार हुनुस् ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ ।

LIVE TV