१२ जेष्ठ २०७३, बुधबार

ck-rautबुद्व जन्मथलो लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्व सम्मेलनभित्र छिरेर विदेशीका समूह अलग राष्ट्रको नारा उराल्ने सिके राउतको योजना तुहिएको छ ।

कार्यक्रमस्थलमा पस्न लागेका उनीसमर्थक केहीलाई लाइनबाटै थुतिएको हो भने केहीलाई चाहिँ विशेष सुराकीका आधारमा बाहिरै गिरफ्तार गरिएको थियो । खानतलासीको दौरान केहीबाट छुट्टै नेपाल झल्कने टोपी, पर्चा र झण्डा बरामद भएको बताइन्छ । प्रहरीको आँखा छलेर भित्रैसम्म पुगेकालाई समेत पछि पहिचान गरेर पक्रिएको सुरक्षा स्रोतको दाबी छ ।

बुद्वजयन्तीका दिन ८ गते शनिबार यसरी पक्राउ परेकामध्ये १० जना उमेर नपुगेका कलिला केटा भएको कारण रिहा गरिएको छ भने २० जनालाई अनुसन्धानको निम्ति हिरासतमा राख्न अदालतले ६ दिनको म्याद थपेको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

LIVE TV