१२ जेष्ठ २०७३, बुधबार

sher-bahadur-deuba.jpgकांग्रेस विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनसागै विभागहरूलाई पूर्णता दिनुपर्ने व्यवस्था छ ।१३औँ महाधिवेशन भएको अढाई महिना बित्दा पनि मनोनयन हुन सकेको छैन, विभाग गठन भएका छैनन् । केन्द्रीय सदस्य चयनमा अप्ठ्यारो कांग्रेसमा १४ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।
ती सदस्यमा महाधिवेशनमा पराजित आफ्नो पक्षका नेताहरूलाई ल्याउने कि नयाँलाई ल्याउने भन्नेमा देउवा अप्ठ्यारोमा परेका छन् । पराजित महालक्ष्मी उपाध्याय डिना, पद्मनारायण चौधरीसहितका नेता तथा अर्को पक्षका अशोक कोइरालालगायतलाई ल्याउनुपर्ने दबाब देउवालाई छ । आफू बहुमतमा रहने गरी अर्को पक्षका नेतालाई सदस्य मनोनीत गर्नुपर्ने बाध्यतामा उनी छन् ।

महाधिवेशनमा पराजित आफ्नो पक्षका नेताहरूलाई ल्याउने कि नयाँलाई ल्याउने भन्नेमा देउवा अप्ठ्यारोमा परेका छन् । पराजित महालक्ष्मी उपाध्याय डिना, पद्मनारायण चौधरीसहितका नेता तथा अर्को पक्षका अशोक कोइरालालगायतलाई ल्याउनुपर्ने दबाब देउवालाई छ । आफू बहुमतमा रहने गरी अर्को पक्षका नेतालाई सदस्य मनोनीत गर्नुपर्ने बाध्यतामा उनी छन् ।

नेता पिएल सिंहलाई भने सदस्यमा ल्याउने तयारीमा उनी छन् । दुई महिनाको काम एकैपटक गर्ने तयारीमा देउवा सभापति देउवाले उपचारमा आफू भारत जानुपरेको र नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा. शशांक कोइराला अमेरिका गएकाले छलफल नगरी निर्णयमा पुग्न समस्या भएको बताउने गरेका छन् ।

जेठ मसान्तसम्म विधानत: दुई महिनामा गर्नुपर्ने सबै काम एकैपटक टुंग्याउने तयारी देउवाले गरेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए । ‘म आफैँ उपचारको क्रममा चार दिन भनेर १० दिन दिल्ली बसेँ । म आएपछि रामचन्द्रजी र शशांकजी अमेरिका जानुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘पदाधिकारी चयन, केन्द्रीय सदस्य, विभाग संयोजक, संसदीय समितिको चयन पटक–पटक गर्दा विवाद हुनसक्छ, अब एकैपटक टुंग्याउँछु ।’

संसद्मा बजेटको सेसन सकिएपछि केन्द्रीय समिति बैठक राखेर सबै काम टुंग्याउने तयारी देउवाको छ । पदाधिकारीमा पौडेल पक्षको दाबी पौडेल पक्षले पार्टीमा गुटबन्दीे अन्त्यको सन्देश दिन बाँकी पदाधिकारीमध्ये केही पद आफूहरूले पाउनुपर्ने दाबी गरेको छ ।

जेठ मसान्तसम्म विधानत: दुई महिनामा गर्नुपर्ने सबै काम एकैपटक टुंग्याउने तयारी देउवाले गरेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए । ‘म आफैँ उपचारको क्रममा चार दिन भनेर १० दिन दिल्ली बसेँ । म आएपछि रामचन्द्रजी र शशांकजी अमेरिका जानुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘पदाधिकारी चयन, केन्द्रीय सदस्य, विभाग संयोजक, संसदीय समितिको चयन पटक–पटक गर्दा विवाद हुनसक्छ, अब एकैपटक टुंग्याउँछु ।’संसद्मा बजेटको सेसन सकिएपछि केन्द्रीय समिति बैठक राखेर सबै काम टुंग्याउने तयारी देउवाको छ ।

आनन्द ढुंगाना, दिलेन्द्रप्रसाद बडू, महेश आचार्यमध्ये एकले सहमहामन्त्री पाउनुपर्ने यो पक्षको दाबी छ । ‘सभापतिजीले निर्वाचित हुनेबित्तिकै भागबन्डाको राजनीति अन्त्य हुने घोषणा गर्नुभएको थियो,’ पौडेलनिकट नेता गुरुराज घिमिरे भन्छन्, ‘अब उहाँ गरेर देखाउने ठाउँमा हुनुहुन्छ । हेरौँ वचनमा कत्तिको पक्का देखिनुहुन्छ ।’ तर, देउवा पदाधिकारी नदिने पक्षमा छन् ।

पौडेल पक्षबाट दुई पदाधिकारी निर्वाचित भएकाले सन्तुलन मिलाउन थप पदाधिकारी दिनुनपर्ने देउवा पक्षको भनाइ छ । २ महिनामा यति गरे दुईपटक केन्द्रीय समिति बसाए कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएपछि ५ चैतमा केन्द्रीय कार्यालयमा पहिलो र २२ चैतमा व्यवस्थापिका–संसद् भवनमा केन्द्रीय समिति बैठक राखे ।

पहिलो बैठकले महाधिवेशन सफल बनाउनेलाई धन्यवाद र संसदीय दलका नेता र कार्यसमितिको निर्वाचन गर्न रमेश रिजालको नेतृत्वमा निर्वाचन समिति बनाउने निर्णय गर्‍यो । भ्रातृसंस्थाको महाधिवेशन ६ महिनाभित्र गर्ने तथा भूकम्पपीडितको पुनर्वास र संविधान कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि भयो ।

पार्टी निर्णयअनुसार तरुण दलले आगामी २४­–२६ भदौमा, महिला संघले भदौ अन्तिममा महाधिवेशन गर्दै छन् । नेविसंघको मिति अझै तय भएको छैन । दोस्रो बैठकले संसदीय दलको विधान संशोधनको निर्णय मात्र गर्‍यो । सात केन्द्रीय सदस्य मनोनीत गरे सभापतिमा निर्वाचित भएको प्रमाणपत्र ३ चैतमा लिएपछि देउवाले पदाधिकारीमा पराजित रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, उमाकान्त चौधरी र उम्मेदवार नभएका नरहरि आचार्यलाई सदस्यमा मनोनीत गरे ।६४ सदस्य निर्वाचित भएका थिए ।

दलको नेता र कार्यसमिति चयन देउवा सभापति भएको एक महिनामा संसदीय दलको नेताको निर्वाचन भयो । देउवा नै नेतामा पनि निर्वाचित भए । नेताको निर्वाचनपछि संसदीय दलको कार्यसमितिको निर्वाचनसमेत भयो ।

सात केन्द्रीय सदस्य मनोनीत गरे सभापतिमा निर्वाचित भएको प्रमाणपत्र ३ चैतमा लिएपछि देउवाले पदाधिकारीमा पराजित रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, उमाकान्त चौधरी र उम्मेदवार नभएका नरहरि आचार्यलाई सदस्यमा मनोनीत गरे ।६४ सदस्य निर्वाचित भएका थिए ।

२ महिनामा यी काम गरेनन् के छ विधानमा ? कांग्रेस विधानको धारा ४९ को उपधारा १९ मा भनिएको छ, ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग/समिति/विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्नेछ ।’ तर, देउवाले विधान कार्यान्वयन गरेनन् कांग्रेसको १३औँ महाधिवेशनले २५ फागुनमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गर्‍यो ।

सभापतिको औपचारिक प्रमाणपत्र बुझेको दिनदेखि मात्र कार्यकाल सुरु भएको मानिने परम्परा कांग्रेसमा छ । ३ चैतमा प्रमाणपत्र बुझेका देउवाको कार्यकाल १० जेठबाट २ महिना १० दिन पुगेको छ । तर, उनले विधानत: गर्नुपर्ने काम सकेका छैनन् । विधानले दुई महिनाभित्र पदाधिकारी चयन, केन्द्रीय समितिको पूर्णता, केन्द्रीय विभाग गठन, केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारीसहितको संसदीय समिति, ज्येष्ठ राजनीतिक सभा गठन गर्नुपर्ने व्यवस्था गरेको छ । यी काममा देउवा असफल भएका छन् ।

कांग्रेसमा ४० विभाग छन् भने सात प्रदेश समिति गठन बाँकी छ । देउवाले पार्टी प्रवक्ता तोक्नसमेत सकेका छैनन् । यसरी कोइरालालाई अड्काएका थिए देउवाले  पदाधिकारी चयन तत्कालीन सभापति सुशील कोइराला निर्वाचित भएको दुई महिना पुग्न एक दिनअघि पदाधिकारीमा नाम प्रस्ताव भएको थियो । तर, देउवा पक्षको अवरोधका कारण सात महिनापछि मात्र उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौला मनोनीत भएका थिए ।

केन्द्रीय सदस्य भने कोइरालाले कार्यकालको अन्तिम समयसम्म कुर्न बाध्य भएका थिए । विभाग गठन सुशील कोइराला सभापति रहँदा पार्टीका सबै विभागमा संयोजक तोकिए पनि विवादित भयो । ०६९ साउनमा कोइरालाले विभाग संयोजक तोकेका थिए । तर, सल्लाह नगरी संयोजक तोकेको भन्दै देउवा पक्षका १३ विभागीय संयोजक र ६ अञ्चल संयोजकले राजीनामा दिएका थिए ।

यो विवाद कोइरालाको कार्यकालभर मिलेन । भ्रातृसंस्थामा लफडा कांग्रेसको १२औँ महाधिवेशन ०६७ असोजमा भयो । त्यसको एक वर्षमा नेता शेरबहादुर देउवाले भ्रातृसंस्थाहरू विघटन गरिएको भन्दै केन्द्रीय सदस्यबाट राजीनामा दिए  । नौ महिनासम्म केन्द्रीय समिति बैठकमा पनि गएनन् ।

भ्रातृसंस्थाका नेताहरू पार्टी कार्यालयमै अनशन बसेपछि मिलाएर अघि बढ्ने कोइरालाले बताएका थिए । त्यसपछि मात्र देउवा केन्द्रीय समिति बैठकमा गएका थिए । तर, विघटित भ्रातृसंस्थाको अधिवेशन अझै हुन सकेको छैन । विधानअनुसार काम हुन सकेन  आनन्द ढुंगाना देउवाजीले अघिल्ला पाँच वर्ष सामान्य विषयमा पनि पार्टी सञ्चालनमा कसरी अवरोध गर्नुभयो भन्ने सबैलाई थाहा छ ।

दुई महिना गुजार्नुभएको छ । तर, विधानअनुसार गर्नुपर्ने काम अगाडि बढाउन सक्नुभएको छैन । महाधिवेशनपछि हामीले राम्रोसँग केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्न सकेका छैनौँ । सभापतिजी केही दिन भारत जानुभयो । यता, हाउस पनि सुरु भयो । अहिले नै केही बिग्रिसकेको छैन, हामी अत्तालिएका पनि छैनौँ । मिलाएर पार्टीका सबै संरचनालाई पूर्णता दिनुहुन्छ भन्ने विश्वास छ ।

‘म आफैं ४ दिनलाई भनेर १० दिन उपचारको क्रममा दिल्ली बसें, पछि रामचन्द्रजी र शशांकजी अमेरिका जानुभयो’ देउवाको भनाई उद्यृत गर्दै ति नेताले भने, ‘अब पटकपटक गर्दा विवाद हुन सक्छ, त्यसैलै पदाधिकारी चयन, केन्द्रीय सदस्य, विभाग संयोजक, संसदीय  समितिको विषयलाई अब एकैपटक टुंग्याउने तयारी गर्दैछु ।’ बजेट आएपछि केन्द्रीयसमिति बसेर सबै विषयलाई टुंग्याउने तयारी देउवाले गरेका छन् । 

सभापतिले जेठभित्र सबै काम गर्नुहुन्छ  बालकृष्ण खाण महाधिवेशनपछि कहिले नेताहरू बाहिर र कहिले संसदीय गतिविधिमा लाग्नुपरेकाले दुई महिनामा काम हुन नसकेको हो । संसदीय दलको नेता चयन, दलको कार्यसमिति निर्वाचन भयो । केन्द्रीय कार्यालयका मुख्यसचिव फेरिनुभयो । अब पदाधिकारी चयन, कार्यसम्पादन समिति, प्रादेशिक संरचना तथा केन्द्रीय विभागलाई पूर्णताको विषय पनि छिटै टुंगिन्छ ।

सभापतिजीले दलको कार्यसमिति विस्तार गर्छु भन्नुभएको छ । अब जेठ मसान्तभित्र विधानत: हुनुपर्ने सबै काम गर्नुहुन्छ, सभापतिजीले गृहकार्य गरिरहनुभएको छ । सबै मनोनयन एकैपटक गर्ने तयारी देउवा निकट एक नेताका अनुसार जेठभित्र सबै मनोनयन एकैपटक टुंग्याउने तयारी देउवाले गरेका छन् ।

‘म आफैं ४ दिनलाई भनेर १० दिन उपचारको क्रममा दिल्ली बसें, पछि रामचन्द्रजी र शशांकजी अमेरिका जानुभयो’ देउवाको भनाई उद्यृत गर्दै ति नेताले भने, ‘अब पटकपटक गर्दा विवाद हुन सक्छ, त्यसैलै पदाधिकारी चयन, केन्द्रीय सदस्य, विभाग संयोजक, संसदीय  समितिको विषयलाई अब एकैपटक टुंग्याउने तयारी गर्दैछु ।’ बजेट आएपछि केन्द्रीयसमिति बसेर सबै विषयलाई टुंग्याउने तयारी देउवाले गरेका छन् ।

LIVE TV