११ जेष्ठ २०७३, मंगलवार

death-1

सुरुङ्गा (झापा), झापाको बिर्तामोडमा आज एक व्यक्ति मृत फेला परेका छन् ।

मृतकको नाम थर, वतन खुल्न नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

उनी विगत केही समयदेखि बिर्तामोड क्षेत्रमा मागी खाँदै हिँड्ने बताइएको छ । मानसिक सन्तुलन गुमाएका जस्तो देखिने उनको आज नै शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक जर्नादन घिमिरेले जानकारी दिनुभयो । रासस

 

LIVE TV