११ जेष्ठ २०७३, मंगलवार

nepse

केही दिनयता सेयर बजारले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ । यही क्रमलाई पच्छ्याउँदै आज नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज नेप्से २० दशमलव ४६ अंकले बढ्दा सेयर बजार १ हजार ५ सय ५५ दशमलव ५३ अंकमा पुगेर कारोवार भएको छ । जुन हालसम्कै उच्च विन्दु हो । आज विकास बैंक समुहको परिसुचक सवैभन्दा बढी ४२ दशमलव ५५ अंकले उकालो लागेको छ ।

त्यस्तै बीमा समुह ४१ दशमलव ५ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक २५ दशमलव ५२ अंकले उकालो लागेको छ । त्यसैगरी फाइनान्स र जलविद्युत समुहको परिसुचक क्रमशः ८ दशमलव ८३ र ० दशमलव २६ अंकले बढेको छ ।

यता उतपादन,होटल र अन्य समुहको परिसुचक भने क्रमशः ६५ दशमलव ८५,४ दशमलव ९८ र ३ दशमलव ५३ अंकले घटेको छ । मंगलवार १ सय ३९ कम्पनीका ४० लाख कित्ता सेयर कारोवार भएको थियो । जसबाट १ अर्व ६६ करोडको कारोवार भएको छ ।

LIVE TV