
अफगानिस्थान- कावुलमा एक नेपालीको अज्ञात समूहले गोलीहानी हत्या भएको छ ।
सुनसरी घर भएका मिनबहादुर राईको चारदिन अगाडि गोली हानी हत्या गरिएको हो ।
भारतीय सेनाबाट अवकास प्राप्त भएपछी वैदेशिक रोजगारीको सिलसिलामा अफगानिस्थानको कावुल स्थित आइडिजि सेक्युरिटी लिमेटेडमा सुरक्षा गार्डका रुपमा काम गरिरहेका थिए ।
हत्याको वारेमा विद्रोहिको गोली प्रहारबाट मृत्यु भएको दाबी गरिए पनि अफगानिस्थान सरकारले हत्याको कारण बारे केही खुलाएको छैन् । भोजपुरको छिनामखु गाविस घर भएका मिनबहादुर भारतीय सेनाको जागिरबाट अवकास पाएपछि धरानमा घर बनाएर परिवार सहित बस्दै आएका थिए ।