
भारतको राजधानी दिल्लीमा विमान दुर्घटना भएको छ। एयर एम्बुलेन्सको ‘क्र्यास ल्याण्डिङ’ भएको छ ।
विमानमा ७ व्यक्ति सवार मध्य घटनामा पाँच जना घाइते भएका छन। घाइते मध्ये एकको अवस्था गम्भिर बताइएको छ।
पाइलट दुवै सकुशल रहेका छन् भने घाइते भएका ५ जनालाई मेदान्त अस्पताल लगिएको जनाइएको छ। अल्केमिस्ट एयरलाइन्सको सो एयर एम्बुलेन्स पटनाबाट दिल्ली आउदै थियो।
स्थानीय समय अनुसार पौने ३ बजे दिल्लीको नजफगढ इलाकामा घटना भएको हो। दुवै इन्जिनले काम गर्न छोड्दा विमान दुर्घटना भएको बताइएको छ।