११ जेष्ठ २०७३, मंगलवार

hatya-1

रूपन्देहीको दयानगरमा गएराति दुई जनाको हत्या भएको छ । दयानगर ५ चिल्हियाका ५८ वर्षिय बलराम पोखरेलले श्रीमती र भाईको हत्या गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय छपियाका अनुसार बलरामले आफ्नै श्रीमती ४५ वर्षिय कृष्णा पोखरेल र भाई ४८ वर्षिय चन्द्रकान्त पोखरेलको हत्या गरेका हुन् ।

उनले गएराति आफ्नै घरमा ईट्टा प्रहार गरी गम्भीर घाईते बनाएकोमा उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा दुवैजनाको राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ  ।

प्रहरीले तीनैजनालाई मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको जनाएको छ । मृतक चन्द्रकान्त बुटवल १४ तामनगरमा बस्दै आएको र घर निर्माणको क्रममा दयानगर गएको बताईएको छ ।

उनको श्रीमती बैदेशिक रोजगारको क्रममा मलेसियामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्न बलरामलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

LIVE TV