११ जेष्ठ २०७३, मंगलवार

WHO_logo

विश्व स्वास्थ्य संगठन डब्लुएचओले लामखुट्टे नियन्त्रण नीतिको असफलताका कारण जिका भाइरसको संक्रमण फैलिएको जनाएको छ । रोग फैलाउने लामखुट्टे नियन्त्रणका लागि अपनाइएको नीति तथा कार्यक्रमम प्रभावकारी नहुँदा जिकाको संक्रमण फैलिएको डब्लुएचओको ठहर छ ।

वार्षिक सभालाई सम्बोधन गर्दै डब्लुएचओकी प्रमुख मारगरेट चानले कुनै पनि रोगको संक्रमण फैलिएपछि त्यसको रोकधामका लागि गरिएका प्रयासको असफलता उजागर हुने र जिकाको संक्रमण फैलिनु सामूहिक असफलता रहेको स्वीकार गरेकी छिन् । ल्याटिन अमेरिकी देशबाट सुरु भएको जिकाको संक्रमण अहिले ६० भन्दा धेरै देशमा फैलिएको छ । लामखुट्टेको टोकाइबाट सर्ने जिकाको संक्रमण पछिल्लो पटक अफ्रिकामा पनि देखिएको छ ।

विशेषज्ञले आउँदो गर्मी याममा युरोपमा पनि जिकाको संक्रमण फैलन सक्ने बताएका छन् । जिका भाइरसका कारण गर्भमा रहेका शिशुमा बढी प्रभाव पर्ने हुँदा टाउको सानो भएको बच्चा जन्मिने खतरा रहने विशेषज्ञहरुले बताएका छन् । ल्याटिन अमेरिका तथा क्यारेबियन देशमा यसको संक्रमण धेरै भएकाले गर्भधारण नर्गन र गर्नु परेपनि सावधानी अपनाउन डब्लुएचओको सुझाव छ ।

 

LIVE TV