११ जेष्ठ २०७३, मंगलवार

अभिनेता सलमान खान र निर्देशक कबिर खानले मानवीय भावनामा आधारीत फिल्मको लागी उनिहरु एक साथ आउँदैछन् । यस प्रोजेक्टको लागी अहिले स्क्रीप्टको काम भईरहेको छ । सलमान खान र कबिर खानको यो पहिलो टिमअप भने होईन । यस नयाँ प्रोजेक्ट भन्दा पहिल्यै सलमान र कबिरले एक था टाईगर,बजरंगी भाईजान जस्ता चर्चीत फिल्महरुमा एकै साथ काम गरीसकेका छन् । समाचारमा आए अनुसार तेस्रो चोटि पनि उनिहरु एकै साथ आउँदैछन् ।

salman-khan_ba0561a0-a0ac-11e5-94b5-bfaeb774c8f3
रीपोर्टस्का अनुसार सलमान र कबिर को फिल्म मानवीय भावनामा आधारीत रहेको छ । यस प्रोजेक्ट एक मनोरञ्जनात्मक र बास्तबीक कहानी हरेको छ । अहिले स्क्रीप्टमा काम भईरहेको छ । उक्त नयाँ प्रोजेक्टको नायिकाहरुका लागी दीपीका पादुकोण, कट्रिना कैफका साथै अन्य नायिकाहरुको नाम आईरहेको छ, भने निर्माताले अहिले सम्म पनि कुनै पनि नायिकाहरुलाइ साईन् गराएका छैनन् । अहिले सलमान भने फिल्म सुल्तान फिल्ममा ब्यस्त छन् । सलमानले कबिरको फिल्म सके पछि राजकुमार सन्तोषीको फिल्ममा काम शुरु गर्नेछन् ।

LIVE TV