११ जेष्ठ २०७३, मंगलवार

sarbadailya_-baithak-प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी दल सम्मिलित संघीय गठबन्धनले राखेका मागबारे छलफल गर्न सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी काँग्रेस र आन्दोलनरत दलहरुलाई आमन्त्रण गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान साँढे १० बजे हुने छलफलमा संसद्मा रहेका सबै दललाई बोलाइएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

तर आन्दोलनरत गठबन्धनका नेताहरुले छलपलमा सहभागि नहुने बताएका छन् । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले छलफलमा सहभागि नहुने बताए । आफूहरुको मागबारे सुनुवाई हुने सम्भावना नरहेकाले बैठकमा सहभागि हुनुको औचित्य नरहेको उनको भनाई छ ।

संविधान संशोधनलगायतका विभिन्न २६ बुँदे माग राख्दै गठबन्धनले हाल राजधानी केन्द्रीत आन्दोलन गर्दै आएको छ ।

LIVE TV