११ जेष्ठ २०७३, मंगलवार

उपेन्द्रकान्त अर्यालनेपाल प्रहरीमा २०५३ साल दोहोरिने खतरा बढेको छ । उच्च प्रहरी अधिकारी नै आईजिपी फाल्ने खेलमा लागेपछि उपेन्द्रकान्त अर्यालको पद धरापमा पर्ने खतरा बढेको छ ।

पछिल्लो एक महिनायता प्रहरीमा अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर आफू आईजिपी बन्न एआईजीहरुको दौड चलेको थियो । सात महिनाअघि एमाओवादी नेताहरुलाई हात मिलाएर प्रचण्ड निकट एआईजीहरुले यस्तो अभियान अघि बढाएको स्रोत बताउँछ ।

संसद्को लेखा समिति सभापति रहेका माओवादी नेता जर्नादन शर्मामार्फत उनीहरुले यस्तो अभियान चलाएका थिए । तर, प्रचण्डले साथ नदिएपछि उक्त खेल असफल भएको थियो । अहिले फेरी त्यो खेल सुरु भएको छ । उनै प्रभाकरले प्रहरी ज्याकेट खरिदको विषयमा छानबिनको नाममा प्रहरी नेतृत्वलाई विवादमा तानिरहेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

LIVE TV