११ जेष्ठ २०७३, मंगलवार

barren landscape in Maila village of Humlaमंसिर १३, २०५८ । घोराही ३ वर्गद्धीगाउँको मध्यभागतिर रहेको ठूलो खलियान । गाउँभरका अधियाँ किसान सामूहिक रुपमा धान दाई हाल्दै थिए ।

जग्गाधनीसँग उव्जनीको आधा अन्न लिँदै आएका किसानलाई त्यस दिन माओवादी उर्दी थियो – ‘तीन खण्डको दुई खण्ड धान आफू राख्नू, एक खण्ड मात्र जग्गाधनीलाई दिनू । ‘ आजको नागरिक दैनिकमा समाचार छ ।

अचानक खलियानमा सेना पुग्यो । किसनको जत्थामाथि सेनाले माओवादी ठानेर गोली चलायो ११ किसान खलियामै मारिए ।

जग्गाधनीमाथि सुराकीको आरोप लगाइयो । स्थानीय जग्गाधनी चिन्तामणि शर्मा, भरतमणि शर्मा लगायतका केही समयमै थातथलो छोडेर रातरात विस्थापित बने । जग्गाधनी घरबार छोडेर गएपछि माओवादीले उनीहरुकेा झन्डै २० बिघा जमिनसहित घरसम्पति कव्जाको घोषणा गरे ।

घरमा रहेको काठपात, टिन रातारात गायब पारिए । घरनजिकै रहेको रुख धमाधम ढालिए । कव्जा जमिन खलियानमा मारिएको किसानलाई दिलाउने बाचा गरेको थियो माओवादीले । जग्गा दिलाउने आसले पीडित खुसी भए । रहँदाबस्दना माओवादी नेतामा स्वार्थ पलाउँदला पीडित भने झन् पीडित बन्न पुगे ।

शान्ति सम्झौता भएपछि कव्जा गरिएका सम्पत्ति फिर्ता गर्नु पने भयो । जिल्ला स्तरका नेतानै बिचौलिया बनेर जग्गा धनिकहाँ पुगे । उनीहरुले माथिबाट पार्टीले जग्गा आवश्ष्यक पर्‍यो भनेर मागिरहेको छ, जग्गा बेच्नुपर्‍यो भनेर अनुरोध गर्न जिल्लाकै नाम चलेका नेता आफूकहाँ आएको जग्गाधनी भाजराज शर्माका छोरा किशोर शर्माले भने । माओवादी नेता जग्गा बेच्नुस् हामी किन्छौं भन्ने पस्ताव लिएर आएका उनले बताए ।

माओवादी नेताको सोही प्रस्तावको आधारमा शर्माले ६ विघा जमिन ५० हजार रुपैयाँ प्रतिकठ्ठाका हिसावले माओवादी नेतालाई बिक्री गरिदिए ।

जग्गा किनेपछि माअेवादी नेताले धमाधन प्लटिङ गर्न थाले । अहिले त्यहा ३० देखि ५० हजार हातका दरले जग्गा बिक्री भइरहेको छ ।

LIVE TV