१० जेष्ठ २०७३, सोमबार

काठमाडौ,एभिन्युज पिक्चर्स र अनन्या सिने मेकर्सले एक साथ पाँच फिल्मको घोषणा गरेका छन ।घोषित पाँच फिल्म मध्य रिंगटा पुर्ण रुपमा निर्माण भइसकेको फिल्म हो भने लामा ला निर्माणको अन्तीम चरणको काम भइरहेको , जोसेफ,पाप पोखरी,देबकोटा भने निर्माणको योजनामा रहेको जानकारी कार्यव्रmममा दिइएको थियो ।हाम्रा देशका मौलिक बिषयका कथा लाइ लाइ स्तरीय प्रबिधिमा फिल्म निर्माण गरी फिल्मलाइ अन्तराष्ट्रीय बजारमा लैजाने चाहना निर्माण पक्षको रहेको छ ।अभिन्युज पिक्चर्सका अध्यक्ष भास्कर राज कर्णिकारले नेपाली मौलिक बिषय बस्तुलाइ अन्तराष्ट्रीय बजारमा फिल्मको माध्यम बाट लैजानु पर्ने आबस्यकता लाइ यस कम्पनीले पुरा गर्ने बताउनु भयो ।

012
अनन्या सिने मेकर्सका मणिराम पौडेलले बिगतको चलचित्र क्षेत्रको अनुभबलाइ सयम र प्रबिधिमा आएको परीबर्तन संग अब नयाँ सोच लियर अगाडि बड्ने बताउनु भयो ।

02
रिंगटाले नर्थ क्यारोलिनामा ट्रोएन फिल्म फेस्टीबलमा बेस्ट फिचर फिल्मको अवार्ड पाउनुका साथै अर्को फिल्म लामा ला लाइ एक अमेरीकी कम्पनीले ८० हजार डलरमा अमेरीकामा फिल्मको प्रदर्शनको अधिकारी खरीद गरी सकेको जानकारी पनि कार्यव्रmममा गराइयो ।निर्माण भइसकेका र निर्माणको तयारीमा रहेका पाँच वटै फिल्मका निर्देशक निस्चल पौडेल हुन ।लामा ला ले हाम्रो देशको  द्धन्ध कालिन समयको भिक्षु र लडाकुको कथा बस्तुलाइ प्रस्तुत गर्ने छ ।जोसेफमा धर्म परीबर्तनको कथा र देबकोटामा महाकबि लक्ष्मी प्रसाद देबकोटाको सेमि बायोपि फिल्म हुने निर्देशक पौडेल बताउनु हुन्छ ।कार्यव्रmममा बरीष्ठ कलाकार निर शाहले संख्यात्मक रुपमा फिल्म निर्माणले गति लिएपनी स्तरभने गुमाउदै गएकोमा चिन्ता ब्यक्त गर्नु भयो ।सुचना तथा सञ्चार मन्त्री शेरधन राइले फिल्म इन्डष्ट्रीको बिकासको लागि पुर्ण चलचित्र निती आबस्यक रहेको बताउनु भयो ।

ap1

LIVE TV