१० जेष्ठ २०७३, सोमबार

सलमान खानको फिल्म तेरे नाम मा लीड रोलमा अभिनय गरेकी नायका भुमिका चावला नयाँ फिल्म ‘लभ यु आलिया’ बाट फिल्ममा कमब्याक गर्दै छिन् । तेरे नाम फिल्म २००३ मा रीलीज भएको थियो,र फिल्म पनि निकै चर्चामा आएको थियो । अब फेरी उनि फिल्म ‘लभ यु आलिया’बाट कम ब्याक गर्दै छिन् ।

0033
नायिका चावलाले ‘लभ यु आलिया’ फिल्मको जस्तो कुनै पनि फिल्ममा उनले अभिनय नगरेकी बताईन् । फिल्मले समाजमा राम्रो म्यासेज दिने पनि बताईन् । फिल्ममा लेखिएको उनको रोलले उनि निकै खुशि पनि छिन् । “मैले करीयरमा अहिले सम्म यस्तो भुमिकामा अभिनय गर्न पाएकी छैन । म ‘लभ यु आलिया’ को लिएर निकै उत्साहीत छु । मलाई लाग्छ यस फिल्म सबैले मन पाराउँछन् ।”उनले भनीन् ।
फिल्ममा उनि एक डान्सरको आमाको भुमिका निभाउँदै छिन्, जस्को आफ्नो पति सँग सधै झगडा हुन्छ । फिल्मलाई ईन्द्रजित लंकेशले निर्देशन गरेका हुन् । उक्त ‘लभ यु आलिया’ फिल्ममा रबी चन्दन,सनि लियोन, चन्दन कुमार,संगीता चौहान,सायाजी सिन्दे लगाएत कलाकारहरु लीड रोलमा रहेका छन् ।
फिल्म अर्को महिना देखि रीलीज हुने भएको छ । फिल्मलाई रेड चरी फिल्म्स र म्याजिक सिनेमा मोशन पिक्चर्स प्रोडक्शनको ब्यानरमा निर्माण भएको छ

LIVE TV