१० जेष्ठ २०७३, सोमबार

socket-bombह्यान्ड ग्रिनेड पड्कँदा तनहुँको भानुस्थित मनकामना गणका आठ सहायक हबल्दार घाइते भएका छन् ।

 ५० जना सशस्त्र प्रहरी हबल्दार ग्रिनेड पड्काउने अभ्यासमा रहेका बेला सहायक हबल्दार दीपेशकुमार चौधरीको हातमा रहेको ग्रिनेड विष्फोट भएको हो । विष्फोटबाट चौधरीको दुवै हातका पञ्जा गुमेका छन् ।  यसैगरी उनकै रहेका अर्का सहायक हबल्दार शोभाखर रिजालको तिघ्रामा गम्भीर चोट लागेको तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रकुमार गुरुङले जानकारी दिए ।

घटनामा परी अरु छजना सशस्त्र प्रहरी पनि घाइते भएका छन् । घाइते हुने अन्यमा सशस्त्र सहायक हबल्दारहरु यमबहादुर थापा, प्रेमसिं बोहोरा, प्रेम घर्तीमगर, दीपक खड्का, होमबहादुर राना र धीरेन्द्र चन्द छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । – See more at:

LIVE TV